बिहिबार, १४ अगस्ट २०२५

खोलामा डुबेर एक युवकको मृत्यु

Symbolic photo
• • •

दुधौली नगरपालिका-४ तमोर्नी खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने उदयपुर कटारी नगरपालिका-१० घर भएका १७ वर्षीय बलराम श्रेष्ठको बिहीबार दिउँसो मृत्यु भएको हो।

भिनाजुको घरमा बस्दै आएका बलराम खोलामा जाल हानी माछा मार्ने क्रममा डुबेर अशक्त भएपछि उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।    

शुक्रबार, जेठ १४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)