बुधबार, १३ अगस्ट २०२५

१० वर्ष नि:शुल्क जग्गा, काठमाडौंका उद्योग मकवानपुर सार्ने निर्णय

News Image
• • •

सरकारले काठमाडौं उपत्यकामा सञ्‍चालित ठूला उद्योगहरुलाई बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा सार्ने घोषणा गरेको छ। 

उपत्यकामा दिन दिनै वायु प्रदूषण बढ्दै गएपछि सरकारले यस्तो निर्णय लिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले काठमाडौंबाट मकवानपुरमा जाने उद्योगलाई १० वर्षसम्म नि:शुल्क जग्गा दिइने बताए। 

मन्त्री पौडेलले यसरी सर्ने उद्योगलाई चाहिने कच्चा पदार्थसहितका सामाग्री आयात गर्दा १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने बताए। ती उद्योगलाई डिमान्ड शुल्कमा ५० प्रतिशत छुट दिइने भएको छ।

शनिबार, जेठ १५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)