बिहिबार, २१ अगस्ट २०२५

म्यान्मारमा ४ महिनामा ४३ सय प्रदर्शनकारी पक्राउ

News Image
Photo - Irrawaddy
• • •

म्यान्मारको सैन्य सरकारले प्रजातन्त्र पुनर्बहालीको माग राख्दै आन्दोलन गरिरहेका ४३ सय प्रदर्शनकारीलाई जेलमा बन्द गरेको छ।

पछिल्लो ४ महिनायता यति ठूलो संख्यामा प्रदर्शनकारीलाई जेलमा बन्द गरिएको हो।

पक्राउ परेका धेरै जसो प्रदर्शनकारीलाई बर्बरता र अत्याचारका लागि बदनाम १ सय ३४ वर्ष पुरानो जेलमा बन्द गरिएको छ। यो जेलमा कैदीको क्षमता पाँच हजारको हाराहारीमा रहेको स्थानीय पत्रपत्रिकाले बताएका छन्।

यहाँ अहिले क्षमताभन्दा दुई गुणा बढी कैदी राखिएको छ। १ फेब्रुअरीमा म्यान्मारको आर्मीले निर्वाचित सरकारलाई ‘कू’ गर्दै सैन्य शाषन लागु गरेको थियो।

अहिलेसम्म सयौंको संख्यामा नेता, पत्रकार तथा लोकतन्त्र समर्थक नागरिक पक्राउ परेका छन्।

हालै मात्र यहाँको सैन्य सरकारले अस्ट्रेलियाका आर्थिक सल्लाहकार तथा दुई अमेरिकी पत्रकारलाई पनि कैदी बनाएको थियो। बेलायतले शासन गर्दा बनाइएको जेल पहिलेदेखि नै बदनाम छ।

सोमबार, जेठ १७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)