बुधबार, १३ अगस्ट २०२५

जनमाेर्चाले हटाएका गण्डकी प्रदेश–सभा सदस्य थापालाई सांसद्को हैसियतमा काम गर्न दिन अदालतको आदेश

File Photo
• • •

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट राष्ट्रिय जनमोर्चाले हटाएका सो पार्टीको प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापालाई प्रदेशसभा सदस्यको हैसियतमै कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत् बदर गरेको हो।

मुख्यसचिव पृथ्वी सुब्बा गुरुङलाई हटाउन ल्याएको अविश्वास प्रस्तावको विपक्षमा उभिएपछि जनमोर्चाले थापालाई प्रदेशसभा सदस्यबाट कारवाही गरेको थियो । सोही बमाेजिम प्रदेशसभाका सभामुखले उनलाई पदमुक्त गरेपछि उनी न्यायमाग्न सर्वाेच्च अदालत आइपुगेका थिए । थापाले कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्न नसक्ने भन्दै पार्टी निर्णय अस्वीकार गरेका थिए । 

थापा जनमाेर्चा संसदीय दलकाे नेता थिए। थापा बागलुङबाट चुनाव जितेका प्रदेशसभा सदस्य हुन्।

 

 

आइतबार, जेठ २३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!