मङ्गलबार, ०५ अगस्ट २०२५

पिठ्युँमा कोरोना संक्रमित बोक्ने गाउँपालिका अध्यक्ष (भिडिओ)

सेतोपाटी

सेतोपाटी

काठमाडौँ
News Image
• • •

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई अहिले गाउँमा रहेका संक्रमितलाई आइसोलेसन पुर्‍याउन पिपिई लगाएर आफैं अघि सर्छन्। गाउँका मान्छेहरू पनि अप्ठेरो पर्‍यो कि उनै अध्यक्षलाई फोन गर्छन्। 

गत जेठ १४ गते गाउँपालिका-२ डाँडागाउँस्थित होम आइसोलेसनमा रहेकी एकजना संक्रमित महिला बेहोस भइन्। लगत्तै परिवारले गाउँपालिकाको एम्बुलेन्सलाई सम्पर्क गरे। तर एम्बुलेन्स बिग्रिएकाले आउन नसक्ने भन्दै चालकले जवाफ दिए।

एम्बुलेन्स नपाएपछि बिरामीका परिवार झन् अत्तालिए। त्यसपछि उनीहरूले सिधै अध्यक्ष राईलाई फोन गरेर आफ्ना समस्या सुनाए। अध्यक्ष राईले पनि एम्बुलेन्स चालकलाई फोन गरे तर चालकले एम्बुलेन्स बनिनसकेको जवाफ दिए।

मंगलबार, जेठ २५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)