
बिएल संवाददाता
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडिउले ओन्टारियो प्रान्तमा मारिएका मुस्लिम परिवारप्रति दु:ख व्यक्त गरेका छन्।
एक व्यक्तिले चलाएकाे ट्रकले किचेर मंगलबार सँगै हिँडिरहेका मुस्लिम परिवारका तीन जनाले ज्यान गुमाएका थिए भने ९ वर्षीय बालक घाइते भएका थिए।
प्रधानमन्त्री ट्रडिउले उनीहरुकाे मृत्यु दुर्घटना कारण नभई मुस्लिम विरोधी जातिय हिंसाको नतिजा रहेको बताएका छन्। उनले भनेका छन्, "याे आतंकवाद हमला हाे। मुसलमान समुदायप्रतिको आक्रोशको नतिजा हाे।"
उनले दुर्घटनामा घाइते भएका ९ वर्षीय बालकको अस्पतालमा उपचार भैरहेको जानकारी दिदै बालकको सिघ्र स्वास्थ्य लाभको कामना गरे।
प्रधानमन्त्री ट्रडिउले मुसलमान विरोधीको यस्तो हिंसात्मक कार्यको निन्दा गर्दै दोषीलाई कडा कारवाही गर्ने प्रतिबद्दतासमेत व्यक्त गरेका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया