मङ्गलबार, ०५ अगस्ट २०२५

एमाले एकतामा संशय

News Image
• • •

नेकपा एमालेको एकतामा पुनः संशय उत्पन्न भएको छ। संस्थापन पक्षले कर्णालीका प्रदेश सभा सदस्यको पुनर्वाहालीको विषयमा पुनरावलोकन गरेको विषयलाई लिएर माधव पक्षले प्रश्नचिन्ह खडा गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा माधव नेपाल पक्षका एमाले प्रदेश सभा सदस्य प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए।

गत जेठ ३० गते न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयका आधारमा गरिएको कारबाही बदर गर्दै उनीहरूको पुनर्बहाली गरेको थियो। चारमध्ये ३ सांसद माओवादी नेतृत्वको कर्णाली सरकारमा मन्त्री छन्। एमालेका संस्थापन पक्षले कारबाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका छन्। निवेदनमा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने जिकिर गरिएको छ। असन्तुष्ट नेता माधवकुमार नेपालले एमाले संस्थापन पक्षले पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजेको आरोप लगाएका छन्।

सोमबार फेसबुकमार्फत उनले कर्णाली प्रदेशका सांसद्हरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने उल्लेख गरेका छन्। नेपालले पार्टी एकता बचाउन

मंगलबार, असार ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)