आइतबार, १७ अगस्ट २०२५

बेलायतमा साइकलबाट लडेर एक नेपालीको मृत्यु

Symbolic photo
• • •

बेलायतको नटिङघ शहरमा बस्दै आएका एक युवकको साइकलबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बाग्लुङ गल्कोट नगरपालिका बडागाउँ स्थायी घर हाल सो शहरमा बस्दै आएका ३४ वर्षीय बद्री चालिसे रहेका छन्।

उनी भलिबल खेलेर फर्केने क्रममा रोबिनहुड विद्यालय नजीक साइकल पल्टिँदा घाइते बनेका थिए। टाउकामा गम्भीर चोट लागेर उनको क्विन्स मेडिकल सेन्टर नटिङघमको सघन उपचारका क्रममा उपचारकै क्रममा निधन भएको हो।

उनी आफ्नो श्रीमतीसहित सन् २००९ देखि सो शहरमा बस्दै आएका थिए। रासस

शुक्रबार, असार ११, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!