सुनील शेट्टीका छोरा अहान ‘आशिकी ३' मा

File photo
File photo

अभिनेता सुनील शेट्टीका छोरा अहानलाई आशिकी ३’ लागि अफर आएको छ। 

‘तडप’ फिल्मबाट बलिउडमा डेब्यू गर्ने तयारीमा रहेका उनलाई सो आशिकी ३’ लागि अफर  आएको हो। 

अहानको फिल्म रिलिज नहुँदै बलिउडका ठूला ब्यानरबाट उनलाई असर आउन थालिसकेको छ। सोहि क्रममा महेश भट्ट प्रोडक्सनको चर्चित फ्रेन्चाइज ‘आशिकी’ को तेस्रो पार्टबाट उनलाई अफर मिलेको हो। जुन फिल्मलाई उनले साइन पनि गरिसकेका छन्।  

अहानले पहिलोपटक साइन गरेको फिल्ममा उनको अपोजिटमा अभिनेत्री तारा सुतारिया रहेकी छन्। फिल्मको छायांकन पूरा भइसकेको छ। 
सामान्य अवस्था भएर सिनेमा हल खुलेपछि फिल्म प्रदर्शन गर्ने निर्माण टिमको भनाइ छ। 

 

प्रकाशित मिति: : 2021-07-01 12:03:00

प्रतिकृया दिनुहोस्