
बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले आज जन्मदिन मनाउँदैछन्। पूर्वराजा शाहले आज आफ्नो ७५औं जन्मदिन मनाउन लागेका हुन्।
हरेक वर्ष जन्मदिनलाई एक उत्सवको रुपमा मनाउदै आएका शाहले यस वर्षको जन्मदिन भने सामान्य तरिकाले मनाउने बताएका छन्।
अघिल्ला वर्षहहरुमा जस्तो यस वर्षकाे जन्मदिनमा कुनै भव्य भोज र जमघट हुनेछैन।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं।’
उनकाे जन्म वि.सं २००४ साल असार २३ गते भएकाे थियाे।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया