बुधबार, १३ अगस्ट २०२५

चिनियाँ विद्यार्थीलाई भिसामा कडाई गर्ने ट्रम्पको निर्णयबारे पुनर्विचार गर्न बेइजिङको आग्रह

South CHina Morning Post
• • •

चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याउन र अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको छ। 

अमेरिकामा पढ्न चाहने ५०० भन्दा बढी चिनियाँ विद्यार्थीहरूले अमेरिकास्थित चिनियाँ दूतावासलाई पत्राचार गर्दै हालै भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको बताएका चिनियाँ अधिकारीले दावी गरेका छन्। 

यसैबीच चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले विद्यार्थीको गुनासोबारे भने, 'अमेरिकी भिसा प्रतिबन्धात्मक उपायहरू अमेरिकाको ’चिनियाँ विद्यार्थीहरुलाई स्वागत’ भन्ने भनाइसँग विरोधाभाषपूर्ण छ।' 

उनले भने, 'यसले अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको वैध अधिकार र चासोलाई गम्भीर क्षति पुर्याउछ र दुइ देशबीचको सामान्य सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोगलाई गम्भीर रूपमा कमजोर पार्छ।' तत्कालिन ट्रम्प प्रशासनले लिएको कदमबारे अमेरिकी राष्ट्रपति बाइडेनले पुर्विचार गर्नुहुने विश्वास उनले व्यक्त गरे।  

बुधबार, असार २३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!