
बिएल संवाददाता
सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधि सभा बैठक बसेको दुई दिनभित्र विश्वासको मत लिन आग्रह गरेको छ।
प्रतिनिधिसभा बैठक पनि साउन ३ गते बस्ने गरी तोकेकोले देउवाले साउन ५ गतेभित्र संसद्बाट विश्वासको मत सिद्ध गर्नुपर्ने भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश गरेको हो।
विपक्षी नेता शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन भएकोलेप्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ। साउन ३ गतेभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ।
यसअघि गत पुस ५ गते पनि प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए। त्यसलाई सर्वोच्चले उल्टाएको थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया