भारतीय पत्रिका 'दैनिक भास्कर'को कार्यालयमा प्रहरी छापा

Photo - Patrika
Photo - Patrika

भारतीय प्रहरीले त्यहाँको एउटा अग्रणी सञ्चार संस्था 'दैनिक भास्कर' समूहको कार्यालयमा छापा मारेको छ। करछलीको आरोपमा भास्कर समूहको विभिन्न शहरस्थित कार्यालयमा बिहिबार आयकर विभागले छापा मारेको हो।

भोपाल, जयपुर, अहमदावादलगायतका कार्यालयहरू छापा मारेको आयकर विभागका प्रवक्ताले पुष्टि गरेका छन्।

'दैनिक भास्कर' को कार्यालय प्रहरीले छापा मारेपछि संसदको वर्षेशत्रमा कांग्रेस तथा अन्य विपक्षी पार्टीका नेताहरूले तीव्र विरोध गरेका छन्। 

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, अराजस्थानका मुख्यमन्त्री शोक गहलोत, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायतले पत्रकार र सञ्चार संस्थामाथिको आक्रमणलाई प्रजातन्त्र दबाउने कोशिश भएको संज्ञा दिएकी छिन्।

कोरोनाको समयमा 'दैनिक भास्कर' ले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको लापरबाही निडरताका साथबाट बाहिर ल्याएकै कारण पत्रिकामाथि हमला गरेकाे उनीहरूले दावी गरे।

आयकर विभागको टोली नयाँदिल्ली, मध्यप्रदेश, महाराष्ट्र, गुजरात र राजस्थानस्थित कार्यालयमा पुगी कारबाही सुरु गरेको छ।

भास्कर समूशका अध्यक्ष सुधीर अग्रवाल, गिरीश अग्रवाल र पवन अग्रवालको घरसहित कयौँ भास्करकर्मीको निजी निवासमा विभागले छापा मारेको दैनिक भास्कारले जनाएको छ।

प्रेस कम्प्लेक्सस्थित कार्यालयमा कार्यरत कर्मचारीहरूको मोबाइल समेत विभागले जफत गरेकाे बताइएको छ। 

प्रकाशित मिति: : 2021-07-22 14:09:00

प्रतिकृया दिनुहोस्