सोमबार, ११ अगस्ट २०२५

गुल्मीमा अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु 

Symbolic photo
• • •

गुल्मीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा छत्रकोट गाउपालिका वडा नं १ हुंगा तोल्घा निवासी ५१ वर्षिया राधिका भण्डारी रहेकी छन्। सोमबार खरबारीमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकी थिइन्। 

घाइते भएकी उनलाई उपचारका लागि युनाइटेड मिसन हस्पिटल तानसेन पाल्पामा लागिएको थियो। सोही उपचारका क्रममा उनको मृत्यु भएको हो। 

मंगलबार, श्रावण २६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)