बिहिबार, २१ अगस्ट २०२५

भगवती हत्याका आरोपी १६ वर्षपछि परे पक्राउ 

News Image
• • •

काठमाडौंको कलंकीमा भगवती लामालाई आगो लगाएर हत्या गर्ने अभियुक्त १६ वर्षपछि परेका छन्।

रामेछाप खाँडादेबी गाँउपालिका ६ का गबहादुर खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। खत्रीले भगवतीलाई उनकै कोठामा गएर शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए।

शरीरमा आगो लगाएर फरार हरेका खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराको टोलीले बुधबार ललितपुरको चाँगाथलीबाट पक्राउ गरेको हो।

खत्रीले २०६२ साल पुष ६ गते लामाको शरिरमा मट्टीतेल चर्केर आयो लगाएका थिए। आगलागीबाट गम्भीर घाईते लामाको उपचारकै क्रममा मृत्यु भएको थियो।

पक्राउ परेका खत्रीलाई ब्यूरोले आवश्यक कारवाहीका लागि काठमाडौं प्रहरी परिसरमा पठाएको छ।

बिहिबार, श्रावण २८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)