
बिएल संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म कूल जनसङ्ख्याको १५ दशमलव पाँच प्रतिशतले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाइसकेको जानकारी दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा जानकारी दिँदै हालसम्म २८ लाख ८८ हजार ३६० नागरिकले उक्त मात्राको खोप लगाइसकेको जानकारी दिएका हुन्। कोभिडविरुद्ध दीर्घकालीन र अल्पकालीन योजना सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
राज्यमन्त्री श्रेष्ठले लामो समयदेखि भौतिकरूपमा बन्द पठनपाठनलाई सञ्चालन गर्न २० वर्ष उमेरमाथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम तय गरिएको बताए। उनले थप तीन करोडभन्दा बढी खोप किन्ने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड आपूर्ति हुने बताए।
उनले कोभिड सुरु भएदेखि अस्पताल जान धक मान्ने भएकाले कोभिड नभएका अन्य विरामीको सुरक्षित उपचारको व्यवस्था मिलाइएको र भेन्टिलेटर तथा अक्सिजन थप गरिएको बताए।
उनले खोप व्यवस्थापन गर्दै ठूला सहरमा खोप दिने तयारी रहेको र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिन लागिएको छ। गाउँ र नगरस्तरीय खोप व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिने जानकारी दिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया