
बिएल संवाददाता
गण्डकी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष कृष्णबहादुर थापाले पार्टी विचार र सिद्धान्तका आधारमा अघि बढ्ने बताएका छन्।
नेकपा (एमाले) पोखरा– १७ वडा कमिटी कार्यालयको आज डेमसाइडमा उद्घाटनसँगै पार्टी विस्तारित बैठकमा उनले पार्टी निर्माणमा एकताबद्ध भएर जुट्न कार्यकर्तालाई निर्देशन दिए।
निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध पानी र माछा जस्तै हुनुपर्ने उल्लेख गर्दै उहाँले नेकपा (एमाले)ले शुरु गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानलाई जनताको घरघरमा पुर्याउनुपर्नेमा जोड दिए।
पार्टीका जिल्ला सचिव दामोदर बैरागीले निकट भविष्यमा हुने पार्टी महाधिवेशनसँगै मुलुकमा हुने तीनै तहका निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे।
नेकपा (एमाले) पोखरा महानगर कमिटी अध्यक्ष दिपक पौडेलले पार्टीको आन्तरिक जीवनलाई मजबुद बनाउन प्रत्येक कार्यकर्ता उत्पादनसँग जोडिनुपर्नेमा जोड दिए। पार्टी वडा कमिटी १७ का अध्यक्ष सुभास ढुङ्गानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया