एमाले विवादमा विशेष प्याकेज– भाग १ : ओली–नेपाल ५० वर्षे सम्बन्धको फेहरिस्त

लोकान्तर

काठमाडौं

नसुमधुर सम्बन्ध, न त सम्बन्धविच्छेदको अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल भविष्यमा सँगै रहलान् वा नरहलान्, सर्वत्र चासोको विषय बनेको छ । 

उत्कर्षमा रहेको एमालेको आन्तरिक विवादका कारण यी दुई नेताको सहकार्य संकटमा छ । एकले अर्काको अस्तित्व नै स्वीकार्न नसक्ने अवस्थामा उनीहरू छन् । तर, इतिहास पल्टाउँदा यी दुई नेताको सम्बन्धमा यति गहिरो दरार कहिल्यै थिएन ।

ओली र नेपालबीच ५० वर्षको सम्बन्ध छ । कम्युनिस्ट आन्दोलनमा दोस्रो पुस्ताका यी दुई नेताको चिनापर्ची २०२८ सालमा भएको पुराना कम्युनिस्ट नेता राधाकृष्ण (आरके) मैनाली बताउँछन् । २०२८ को ‘वर्ग शत्रु सफाया क्रान्ति’का नामले चिनिएको झापा आन्दोलनका प्रमुखमध्ये एक नेता थिए, केपी ओली । 

त्यसबेला माधव नेपाल भने विराटनगरमा नेपाल बैंकमा जागिरे थिए । भूमिगत रूपमा कम्युनिस्ट आन्दोलनमा पनि सहभागी थिए, उनी । २०२८ सालमै विराटनगरस्थित माधव नेपालको डेरामा केपी ओली एक महिना बसेको मैनाली सम्झन्छन् । ‘२०२८ सालमै ओली र नेपालको भेट भइसकेको थियो । माधव नेपालको डेरामा केपी ओली एक महिना बसेका पनि रहेछन्’, मैनालीले भने ।

नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मोहनचन्द्र अधिकारी त्यसबेला भारतमा थिए । ओलीले अधिकारीलाई भेट्ने रूचि राखेपछि माधव नेपालले अधिकारी रहेको ठाउँको ठेगाना दिएर ओलीलाई भारत पठाए । 

प्रकाशित मिति: : 2021-08-17 12:03:00

प्रतिकृया दिनुहोस्