सोमबार, ११ अगस्ट २०२५

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

News Image
• • •

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

राजनीतिक दल फुटाउने उद्देश्यले ल्याइएको अध्यादेशविरुद्ध हालसम्म पाँच वटा रिट निवेदन पेस भइसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

सरकारले मंगलबार राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो बनाउने गरी अध्यादेश ल्याएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार उक्त अध्यादेश जारी गरेकी थिइन्।

अध्यादेश जारी भएलगत्तै नेकपा एमाले र जसपा विभाजित भएर नयाँ दल दर्ताको प्रक्रियामा गइसकेका छन्।


 

बिहिबार, भाद्र ०३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)