आइतबार, १० अगस्ट २०२५

अफगानः स्वतन्त्रता दिवसको र्‍यालीमा भागदौड, तालिबानले गोली चलाउँदा कयौँ हाताहाती

Photo - AFP
• • •

अफगानिस्तानको असदाबाद शहरमा तालिबान लडाकूहरूले अन्धाधुन्ध गोली चलाउँदा कयौँ प्रदर्शनकारी हाताहाती भएका छन्।

तालिबानले स्वतन्त्र दिवसको र्‍यालीमा राष्ट्रिय झण्डा फहराइरहेका स्थानीय नागरिकमाथि गोली चलाएको टोलोन्यूजले जनाएको छ। तालिबानविरूद्ध बिहिबार बृहत् प्रदर्शन भएको एक प्रत्यक्षदर्शीले बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तालिबानको कब्जापछि अफगानमा पहिलो ठूलो विरोध प्रदर्शन भएको हाे।

राष्ट्रिय झण्डा बोकी प्रदर्शन गर्नेहरूमाथि लडाकूहरूले गोली चलाउँदा भाडदौड मच्चिएको थियो। तालिबानीको गोली लागेर कयौँ मानिस मारिएको पूर्वी शहरनिवासी मोहम्मद सलीमले बताएका छन्।

असदाबादकाे हिंसात्मक घटनाबारे तालिबानको कुनै प्रतिक्रिया आएको छैन।



अफगान सङ्कट: तालिबानकाे सत्ताकब्जापछि भारत र दक्षिण–एसिया प्रभाव 

बिहिबार, भाद्र ०३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!