आइतबार, १० अगस्ट २०२५

कोभिडः के अब कोरोना भाइरस सङ्क्रमण हुनु खोप लगाउनुभन्दा उपयुक्त हो?

बिबिसी

बिबिसी

काठमाडाैं
News Image
• • •

प्राकृतिक रूपमा कोरोनाभाइरसको सङ्क्रमण भएपछि तथा खोप लगाइसकेको अवस्थामा तपाईँको प्रतिरक्षा प्रणालीमा उल्लेख्य भिन्नता हुन्छ।

कुन राम्रो हो त?

एक वर्षअघिसम्म यो प्रश्न सोध्नु पनि "पाप" जस्तो ठानिन्थ्यो जतिबेला पहिलो पटक कोभिड हुनु घातक हुन सक्थ्यो - विशेषतः वृद्धावस्थामा भएका र अस्वस्थ मानिसका लागि।

तर अहिले हामी शून्य प्रतिरोध क्षमताबाट सुरु गरिरहेका छैनौँ किनभने अत्यधिक मानिसले या त खोप लगाइसकेका छन् या उनीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्।

यो एउटा गम्भीर प्रश्न हो जसबाट बालबालिकाले खोप लगाउनुपर्छ कि पर्दैन भन्ने विषयमा पनि प्रभाव पार्छ। अनि वयस्कलाई प्रतिरोध क्षमता बढाउन भाइरस वा बूस्टर खोप दिनुपर्छ कि पर्दैन भन्ने प्रश्न पनि जन्माउँछ। यी दुवै विवादित बनेका छन्।

"हामीले प्रत्येक वर्ष अतिरिक्त मात्रा दिएर कोभिडलाई परास्त गर्न सकिन्छ भन्ने सोच्यौँ भने आफूलाई अप्ठेरोमा पारिरहेको हुनेछौँ," यूनिभर्सिटी अफ एडिन्बराका रोग प्रतिरोधी क्षमतासम्बन्धी विज्ञ प्राध्यापक एलानर राइली भन्छिन्।

शनिबार, भाद्र ०५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!