बिहिबार, १४ अगस्ट २०२५

काबुलमा 'आईएस'ले आक्रमण सक्ने अमेरिकाको चेतावनी

Photo - AFP
• • •

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा इस्लामिक स्टेट (आईएस)ले आक्रमण गर्न सक्ने चेतावनी दिएकाे छ। उसले शनिबार जारी गरेको सुरक्षा अलर्टमा आफ्ना नागरिकलाई सुरक्षित हुन आग्रह गरेकाे हाे।

अमेरिकी सुरक्षा अधिकारीहरूले आक्रमण हुनसक्ने स्थितिलाई मध्यनजर गर्दै अरू विकल्प खोजिरहेको पनि बताएका छन्। आईएसको सम्भावित आक्रमणबारे कुनै जानकारी भने दिइएको छैन। आईएसले पनि आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट बाहिरिने मानिसको भागदौड मच्चिरहेको छ। राजधानी काबुलस्थित हामिद कारजाई विमानस्थलमा दैनिक यात्रुको भीड लाग्ने गरेको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सुरक्षा विभागले दिएको जानकारीअनुसार अहिलेसम्म अफगानिस्तानको विमानस्थलबाट १७ हजार मानिस बाहिरिइसकेका छन्। तीमध्ये २ हजार ५ सय जना आफ्ना नागरिक रहेको अमेरिकाले जनाएको छ।

आइतबार, भाद्र ०६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!