शुक्रबार, १५ अगस्ट २०२५

श्रीमती र छोरीलाई एसिड हान्ने सञ्जीव साहलाई सजाय सुनाइँदै

बिएल संवाददाता

बिएल संवाददाता

जनकपुरधाम
फाइल तस्बिर: एसिड पीडित आरती साह प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग।
• • •

श्रीमती र छोरीलाई एसिड प्रहार गरी घाइते बनाउने सञ्जीव साहविरुद्ध सजाय निर्धारणका लागि आज जिल्ला अदालतमा पेसी तोकिएको छ।

न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासमा सजाय निर्धारणका लागि पेसी तोकिएको जिल्ला अदालत धनुषाले जनाएको छ।

गत १९ कात्तिकमा दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुराली पुगेका साहले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए।

सो घटनामा जिल्ला अदालत धनुषाले यसअघि उनलाई दोषी ठहर गरेको थियो। यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको थियो।

घटनापछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो।

दुवैजनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत गरी तीनवटा कसुरको सजायका लागि मागदाबी गरिएको थियो। एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तनलगायतका अंग कुरुप बनेको छ। एसिड आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको थियो।

बिहिबार, भाद्र १०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)