आइतबार, १७ अगस्ट २०२५

के अब नेकपा एमाले एक्लिन्छ? नवगठित दलका प्राथमिकतामा के पर्ला?

बिबिसी

बिबिसी

सञ्जय ढकाल
News Image
• • •

निर्वाचन आयोगले बुधवार राति दर्ता गरेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरूले अब उनीहरूको ध्यान पार्टी निर्माण तथा सत्ता साझेदारीमा जाने बताएका छन्।

आयोगले आफ्नो पार्टी दर्ता गरेको भोलिपल्ट बीबीसीसँग कुरा गर्दै सो दलका नेता बेदुराम भुसालले तत्कालका निम्ति माउपार्टी नेकपा एमालेसँग एकता वा कुनै साझेदारीको सम्भावना नभएको बताए।

'नेकपा एमालेभित्र विकसित भएको गैरकम्युनिस्ट चरित्रविरुद्ध हामीले विद्रोह गरेको हो। अझ देशमा लोकतन्त्र अनि संविधानको रक्षाको लागि यो विद्रोह भएको हो,' उनले भने।

'अहिले हाम्रो कसैसँग पनि एकता हुँदैन। तर संविधानको रक्षा गर्ने अनि प्रतिनिधिसभालाई पूर्ण कार्यकाल काम गर्न दिनेजस्ता मुद्दामा मन मिल्नेहरूसँग सहकार्य हुनसक्छ।'

उनले त्यसो भन्दै गर्दा सत्तामा साझेदार माओवादी केन्द्र तथा नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बुझिन्छ।

बिहिबार, भाद्र १०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)