बिहिबार, १४ अगस्ट २०२५

कोभिड योद्धा: ३० वर्षदेखि लगातार बिरामीको सेवा

देशसञ्चार

देशसञ्चार

काठमाडाैं
News Image
• • •

कामको हतारो अझै पनि उस्तै छ। छिनभर बस्न उनलाई फुर्सद छैन। बिहानदेखि साँझसम्म भागदौड गर्दैमा दिन बितेको पत्तै पाउँदिनन् उनी।

यसरी व्यस्त भएर काम गरिरहँदा अहिलेसम्म पनि उनलाई दिक्क भने लागेको छैन। काम गर्दै गर्दा जति नै गाह्रो भएपनि सहज तरिकाले सुल्झाउने क्षमता राख्छिन्, उनी।

गाह्रो भयो। तोकिएको समय भन्दा बढी ड्यूटी गर्नु पर्‍यो, यो कुराको उनी रत्तिभर पनि गुनासो गर्दिनन्। कामको चाप जति बढ्दै गयो, व्यक्ति उतिकै निखारिँदै जान्छ भन्ने उनलाई लाग्छ। त्यसैले त फुर्सदिलो भएर बस्न कहिल्यै पनि रुचाउँदिनन्।

कामप्रतिको उनको यो लगनले कहिले काही उनकी छोरी उनलाई भन्ने गर्छिन्, ‘मम्मी जानुस्, अस्पताल नै जानुस्। तपाईँको सबथोक अस्पताल र बिरामी हुन्।’

छोरीको यस्तो वचनले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालकी आइसीयू इन्चार्ज नर्स उषादेवी देवकोटालाई चसक्क नहुने भने होइन।

 

आइतबार, भाद्र १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)