आइतबार, १० अगस्ट २०२५

एमाले त फुट्यो, के अब टिक्ला त नयाँ पार्टी ?

शिलापत्र

शिलापत्र

श्याम श्रेष्ठ
News Image
• • •

एकताबद्ध भएको चार वर्ष पनि नपुग्दै केपी ओली नेतृत्वको नेपालकै सर्वाधिक ठूलो नेकपा (नेकपा) फुटेर तीन टुक्रा भएको छ भने अदालतबाट विभाजित भएर बनेको ओली नेतृत्वकै दल नेकपा एमाले पनि फुटेर एक वर्ष नपुग्दै दुई टुक्रा भएको छ। निर्वाचन आयोगले नयाँ दललाई अनुमोदन पत्र दिएपछि फुटले कानुनी मान्यता पाएको छ।

नेपाली वामपन्थको इतिहासमा यो फुट धेरै हिसाबले अविस्मरणीय हुनेछ। यो यस कारणले कि नेपालमा मात्र होइन, पूरै दक्षिण एसियामा डबल नेकपाभन्दा ठूलो वामपन्थी पार्टी इतिहासमै बनेको थिएन। दुईतिहाइ नजिकको बहुमतका साथ यो पार्टीलाई जस्तो देश बदल्ने र इतिहास रच्ने अपूर्व अवसर नेपालको कुनै वामपन्थी पार्टीलाई यसअघि उपलब्ध भएको थिएन। एउटै विशाल दल नौ–दश महिना पनि नबित्दै टुक्रिँदै तीन हिस्सामा खण्डित भएको इतिहास पनि नेपालमा थिएन।

भनिन्छ, विद्यार्थी बिग्रिए शिक्षक दोषी, सन्तान बिग्रिए अभिभावक दोषी, देश बिग्रिए सरकार दोषी, पार्टी बिग्रिए नेता दोषी। यस परिप्रेक्ष्यमा डबल नेकपा र एमाले दुवै यति छिटै यति सजिलै बिग्रिनु भत्किनुमा यसका नेता नै मूलतः जिम्मेवार छन् भन्ने कुरामा कुनै दुविधा पाल्नु पर्दैन। नेतृत्वको अहंकार, हठ, कुण्ठा र निरंकुशताले तथा पश्चगामी राजनीतिक सोचले कति छिटै एउटा विशाल पार्टीलाई नेपालको मामुली संसदीय प्रतिपक्षमा बदल्यो हाम्रोसामु उदाङ्गै छ।

मंगलबार, भाद्र १५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)