 
                                            
                                        
                                     
                                तेजन खड्का
 
                                प्रशान्त किशोर अर्थात् पीके भारतको राष्ट्रिय तथा प्रान्तीय चुनावका एक जना चर्चित  रणनीतिकार हुन्। उनी व्यावसायिक राजनीतिज्ञ पनि हुन्। 
सन् २०१४ ताका भारतीय जनता पार्टी (बीजेपी) को चुनावी मोर्चाको नेतृत्व गरेका थिए– उनले। बीजेपीको. लोकसभा चुनावको त्यसबेलाको चर्चित नारा उनैले बनाएका थिए–‘अबकी बार मोदी सरकार।’
त्यसको एक वर्षपछि सन् २०१५ को विधानसभा चुनावमा उनी बिहारका मुख्यमन्त्री नितीश कुमारको दल ‘जनता दल युनाइटेड’ (जेडीयू) को चुवानी रणनीतिकारमा नियुक्त भए। उनले नितीशको चुनावी अभियानलाई आकर्षक ढंगले अघि बढाए। नितीशको चुनावी मूल नारा बनाए– ‘बिहार में बहार है, नितीशे कुमार है!’
अहिले प्रशान्त किशोरमाथि भारतीय राष्ट्रिय कंग्रेसले आँखा लगाएको छ। पछिल्लोपटक कांग्रेस नेता राहुल गान्धी, उनकी दिदी प्रियंका गान्धीसहित विपक्षी दलका नेताहरूलाई भेटेपछि प्रशान्तको राष्ट्रिय राजनीतिमा चर्चा चुलिएको छ।
प्रशान्तको ‘भाग्य’ हो वा संयोग! उनी जसको पक्षमा उभिन्छन्, उक्त पार्टी सत्तामा पुग्ने गरेको छ। उनलाई ‘किङ्मेकर’का रुपमा चिन्न थालिएको छ।
प्रशान्तलाई आ–आफ्नो पक्षमा ल्याउन सबै पार्टी लागिपरेका छन्। उनले चुनावी क्याम्पेन चलाउन विज्ञहरुसहितको एउटा कम्पनी नै खोलेका छन्, संयुक्त राष्ट्रसंघको जागीर छाडेर। यस्तो कार्य गरेबापत उनले कति मोटो रकम लिएका छन् भन्ने खुलाइएको छैन। तर, उनको बढ्दो मागले देखाउँछ– उनको मूल्य दिनप्रतिदिन बढिरहेको छ, उनीप्रति नेताहरू लोभ झन् बढेको छ।
प्रशान्त किशोरबारे भारतको केन्द्रीय राजधानी नयाँदिल्लीका चोक र गल्लीहरूमा अनेक हल्लाहरु सुरू भएका छन्। जहाँ भारतीय कांग्रेसदेखि बङ्गालकी मुख्यमन्त्री ममता दिदी (बेनर्जी) को पार्टी प्रवेश गर्नेसम्मको कानेखुशी चलिरहेको छ तर पीकेले भने यसबारे मुख खोलेका छैनन्। उनी मौन छन्। उनका बारे अनेक हल्ला चलिरहेका छन्।
पीके कांग्रेसबाट के चाहन्छन् र उनीबाट कांग्रेसले कस्तो शिक्षा लिनसक्छ ? यस सन्दर्भमा कांग्रेसभित्रै नयाँ बहस चलिरहेको नेताहरू बताउँछन्। 
पीकेले भाजपा, भारतीय राष्ट्रिय कंग्रेस, जेडीयू, तृणमूल कंग्रेस (टीएमके),समाजवादी– जस्ता थ्रुपै पार्टीमा काम गरिसकेका छन् तर भाजपा र जेडीयूमार्फत् उनी सबैभन्दा धेरै चर्चामा आएका हुन्। 
पीकेको नजर यतिबेला सन् २०२४ मा हुने भारतको आगामी लोकसभा निर्वाचनमा छ। उनी आफ्नो भाउ तौलिरहेका छन्– शायद्। विपक्षी पार्टीहरूलाई भारतीय जनता पार्टी (भाजपा) विरूद्ध एकजुट बनाउन लागिपरेका छन्। उनी भारतीय राजनीतिका प्रभावशाली नेताहरू शरद पावर, स्टालिन, लालुप्रसाद यादव, अखिलेश यादव, उद्धव ठाकरेलगायतलाई एउटै घेराभित्र ल्याउन चाहन्छन्।
सन् १९७७ ताका बिहारको बक्सरमा जन्मिएका प्रशान्त सन् २०१४ को लोकसभा चुनावदेखि चर्चामा आएका हुन्। त्यतिबेला उनी भारतीय राजनीतिक वृत्तको पर्दापछाडिबाट काम गर्थे। सन् २०११ मा संयुक्त राष्ट्रसंघको जागिर छाडेर उनी तत्कालीन गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीको समूहसँग जोडिएका थिए।
 प्रशान्तले त्यतिबेला मोदीलाई मुख्यमन्त्री बनाउन ठूलो भूमिका खेलेका छन्। उनी घरबाटै चुनावी अभियानको नेतृत्व गर्थे।
प्रशान्तले त्यतिबेला मोदीलाई मुख्यमन्त्री बनाउन ठूलो भूमिका खेलेका छन्। उनी घरबाटै चुनावी अभियानको नेतृत्व गर्थे। 
चुनावी रणनीतिकार रुपमा चिनिएका उनले प्रधानमन्त्री मोदीको थ्रिडी भाषणपछि ‘चाय पर चर्चा’ अभियान समेत गरे। भनिन्थ्यो– यी सबै तामझमका पछि प्रशान्त किशोरकै दिमाग चलिरहेको छ। लोकसभा चुनावमा मोदीको शानदार जितमा महत्वपूर्ण भूमिका निभाउने क्रेडिट उनैलाई मिलेको छ।
पीकेले मोदीको जितपछि आईपैक नामको एक कम्पनी समेत चलाउन थाले। उनी राजनीतिक महत्वाकांक्षा चलिरहेका बेला भाजपाको साथ छाडेर जेडीयूूसँग जोडिन पुगे। सन् २०१५ मा नितीशकुमार र लालूप्रसाद यादवलाई एकठाउँमा ल्याएर भाजपाविरूद्ध महागठबन्धन बनाउन सफलसमेत भए।
सन् २०१७ मा उनी वाईएसआर कांग्रेससँग जोडिए। उत्तर प्रदेशमा समाजवादी पार्टी र कांग्रेसलाई एकैसाथ लिएर यूूपीमा ‘किङ्मेकर’ बन्ने कोशिशमा असफल भयो।
पश्चिम बङ्गाल निर्वाचनमा ममता बनर्जीकहाँ पुगेका उनी टीएमसीभित्र खूब चर्चामा रहे। ममताका लागि चुनौतीपूर्ण मानिएको बङ्गाल विधानसभा निर्वाचन अन्ततः उनकै पक्षमा पल्डाभारी भयो। दिदीलाई मुख्यमन्त्री बनाउने श्रेयसमेत पीकेलाई जान्छ। पछिल्लोपल्ट पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहसँगै रहेको बताइए पनि उनी भाजपाविरूद्ध नयाँ रणनीतिमा लागेको चर्चा सुरु भएको छ।
रणनीतिकार पीके भारतीय राजनीतिको झमेलामा नफसी विसरामतर्फ केन्द्रित रहेको कतिपय विश्लेषकहरू बताउँछन्। प्रशान्तले विपक्षीहरू एक ठाउँमा ल्याउन भाजपाविरोधी समूह जम्मा गरिरहेको मुम्बईनिवासी लेखक तथा पत्रकार धवल कुलकर्णीले बताए।

 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया