देउवा–प्रचण्ड–नेपाल बाक्लिँदो भेट : गठबन्धनमा खटपट कि राजनीतिक परामर्श मात्र ?

लोकान्तर

उद्धव थापा

प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ गठबन्धनका अन्य शीर्षस्थ नेताबीच भेटघाट निकै बाक्लिएको छ।

विगत चार दिनयता मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ६ पटकभन्दा बढी भेटघाट गरेका छन्। 

शनिवार बिहान पनि प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार ३ नेताले करीब एकघण्टा छलफल गरेका थिए। 

शुक्रवार पनि सत्ता गठबन्धनका नेताहरू छलफलमा बसेका थिए। त्यसअघि बिहीवार बिहान प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट भएको थियो।

दिउँसो देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए। 

त्यसअघि बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति जुट्न नसकेपछि साँझ फेरि बैठक बस्ने गरी नेताहरू उठेका थिए। साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अघि बढाउने विषय प्रवेश गराएका थिए। 

प्रकाशित मिति: : 2021-09-05 14:41:00

प्रतिकृया दिनुहोस्