तीजको दरमा के खाने, के नखाने ?

लोकान्तर

आर. बी. बुढाथोकी

तीज हाम्रा चेलीहरूको रमाइलो र पवित्र चाड हो, तर हामी एक्कासि बदलियौं। परम्परालाई बिर्सँदै गयौं। पहिला र अहिलेको तीजमा आकाशपातालको फरक देखिन थालेको छ।

पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गयो। हामी तडकभडकमा प्रेरित हुँदै गयौं र परम्परा बिर्सेर तीज मनाउने संस्कार अंगाल्न थाल्यौं।

माइतीको दरबाट हामी पार्टी प्यालेस र होटल रेस्टुरेन्टमा दर खाने आदतमा लाग्यौं। आफ्नो क्षमताभन्दा माथि उठेर दरका आधुनिक परिकार खोज्दै हिँड्न थाल्यौं र त तीजको दरमा विस्तारै विकृति थपिन थाल्यो।

महिलाले लगाउने सारी पुरुषले लगाएर नाच्न थालेपछि गाईजात्रा र रत्यौली हो कि तीज हो सबैमा अन्यौल छाउन थाल्यो।

महिलाहरूको दरमा र नाचगानको बीचबीचमा पुरुष छिर्न थालेपछि यसको महत्त्व र महिला मात्रको चाड भनेर चिनिएको तीजको रौनकमा प्रश्न उठ्न थालेको हो।

प्रकाशित मिति: : 2021-09-08 12:21:00

प्रतिकृया दिनुहोस्