शनिबार, २३ अगस्ट २०२५

साताको सेयर बजार : परिसूचकसँगै कारोबार रकम पनि घट्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File photo
• • •

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ। ५ दिन कारोबार भएको नेप्से परिसूचक साताभर ५१ अंकले घटेको हो। उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक २९ सय २६ अंकबाट घटेर २८ सय ७५ अंकमा आइपुगेको छ।

साताभर ५ दिन कारोबार हुँदा चार कारोबार दिनमा नेप्से परिसूचकमा गिरावट आउँदा उच्च अंकको गिरावट आएको हो। सातामा सोमबार एकैदिन १६१ अंकले परिसूचक बढ्नुबाहेक अन्य कुनै दिन बढेन। यस्तै, साताको पहिलो कारोबार एकै पटक १०८ अंकको गिरावट आएको थियो।

साताको ५ कारोबार दिनमा ४२ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। जुन, गत साताको कारोबार रकमभन्दा ५ अर्ब ५१ करोडले कम हो। गत साताको ४ कारोबार दिनमा नेप्सेमा ४७ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

यस्तै, यो सातामा नेप्सेको सेन्सेटिभ इण्डेक्स ६.४८ अंकले घटेको छ। यो गिरावटसँगै सातामा सेन्सेटिभ इण्डेक्स ५३५.२९ बिन्दुमा आइपुगेको छ भने फ्लोट इण्डेक्स ३.८३ अंकले घटेको छ। साताभर नेप्से परिसूचकसँगै कारोबार रकम घटेपछि कुल बजार पुँजीकरणमा समेत कमी आएको छ। गत साता बजार पुँजीकरण ४० खर्ब ८९ अर्ब रुपैयाँ थियो। जुन, यो सातामा ४० खर्ब २४ अर्बमा झरेको छ।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!