
बिएल संवाददाता
'पढ्नलाई उमेर होइन, मन चाहिन्छ' भन्ने उदाहरण दिइरहेकी एक पात्र हुन्, करिश्मा मानन्धर।
उनी अहिले कक्षा १२ को अन्तिम परीक्षामा निकै व्यस्त छिन्। उनले भर्खरै सुरु गरेको नयाँ व्यवसायलाई परीक्षा अवधिभर श्रीमानले सम्हालिरहेका छन् भने घरको काम छोरीले सम्हालिरहेकी छन्।
परीक्षाको तयारीमा जुटेकी करिश्माले पछिल्लो समय इमर्जेन्सीबाहेक अरुको फोन उठाएकी छैनन्। यसैबीच शुक्रबार राती ९:५३ (लगभग १० बजेतिर) मा आएको एउटा फोनले भने करिश्मालाई छक्क बनायो।
त्यो कल अरु कसैको नभएर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको थियो।
ओलीले करिश्मालाई फोन गरेर उनको परीक्षाबारे जानकारी लिएका थिए। ओलीसँगको फोनकलबारे करिश्माले सामाजिक सञ्जालमा पनि शेयर गरेकी छन्। उनले लेखेकी छन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई कल गरेजस्तो सुनिन्थ्यो।’
त्यसो त सुरुमा करिश्मालाई ओलीको फोन हो भनेर विश्वास लागेको थिएन। उनले सोचिरहेकी थिइन् कि कसैलाई उनीसँग 'प्रयाङ्क कल' गरिरहेको छ। तर उक्त फोनकल ओलीकै हो भनेर करिश्मा त्यतिबेला मात्रै पक्का भइन, जब ओलीले डुंगाको कथा सुनाए।
यो कथा सुनेर मात्र आफूलाई ओली भन्ने विश्वास लागेको बताएकी छन्। उनले थप्दै लेखेकी छन्, 'यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा।'
करिश्माले ओलीसँगकाे कुराकानीलाई प्रमाणित गर्न 'स्क्रीन सर्ट'समेत शेयर गरेकी छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया