
लोकान्तर
संघीय सांसदलाई यस वर्षदेखि दशैं भत्ता रोक्का गरिए पनि प्रदेश नम्बर २ का सांसदहरूलाई भने दशैं भत्ता निकासा गरिएको छ। प्रदेश सभा सचिवालय स्रोतका अनुसार यस वर्ष ९२ जना सांसदलाई दशैँ भत्ता बापत ५५ लाख रुपैयाँभन्दा बढी रकम निकासा भइसकेको छ।
'९० जना सांसद, १ जना सभामुख र १ जना उपसभामुखसहित कुल ९२ जना सांसद, संसदीय पदाधिकारीसहितका लागि दशैं भत्ताबापतको रकम निकासा भएको छ,' स्रोतले भन्यो, 'असोज महिनाको तलब र दशैं भत्ता एकमुस्ट रूपमा आजै सांसदहरूको खातामा आउने छ ।'
गत वर्ष पनि प्रदेश सभाका सांसदहरूलाई दशैँ भत्ता खुवाइएको समाचार लोकान्तरमा समाचार प्रकाशित भएपछि जनस्तरबाट आलोचना हुँदा सबै राजनीतिक दलले दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए।
नेपाली कांग्रेस, तत्कालीन नेकपा, तत्कालीन जसपा सबैले प्रेस विज्ञप्ति नै जारी गरेर दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए।
पार्टीको केन्द्रीय कार्यालयले घोषणा गरेपछि प्रदेशस्थित विभिन्न पार्टीका संसदीय दलका नेताहरूले विज्ञप्ति जारी गर्दै खातामा आइसकेको दशैं भत्ता फिर्ता गर्ने लिखित विज्ञप्ति जारी गरेका थिए। तर प्रदेश २ मा कुनै पनि दलका सांसदले दशैं भत्ता फिर्ता गरेनन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया