शनिबार, १६ अगस्ट २०२५

भारतमा आउने बेलायतीले क्वारेन्टाइन बस्नु नपर्ने

GETTY IMAGES
• • •

भारतले पूर्णरुपमा खोप लगाएका बेलायती नागरिकलाई अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने नियम हटाएकाे छ। बुधबार घोषणा गरिएको संशोधित नियम अनुसार ब्रिटिश नागरिकहरुलाई अब १० दिन क्वारेन्टाइनमा बस्नु नपर्ने भएकाे विविसिले जनाएको छ।

बेलायतले केही दिनअघि पूर्णतया खोप लगाएका भारतीयहरुलाई यात्रा प्रतिबन्धमा सहज बनाएको थियो। बेलायतले यसभन्दा पहिले 'कोभिशिल्ड' खोपलाई मान्यता दिन अस्वीकार गरेको थियो। 

भारतले आफ्ना नागरिकलाई ७२ करोड डोजको मात्रा लगाइसकेका छन। जुन बेलायतका एस्ट्रेजेनेका खोप जस्तै हो। एस्ट्राजेनेका खोपको भारतीय निर्मित संस्करणलाई लिएर दुई देशहरु बीच तनाव रहेको थियो।

शुक्रबार, आश्विन २९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)