मङ्गलबार, १६ सेप्टेम्बर २०२५

कात्तिक लाग्दा पनि किन परिरहेको छ झमझम पानी?

हिमाल खबर

हिमाल खबर

काठमाडौं
News Image
• • •

दुई दिनदेखि देशका विभिन्न भागमा वर्षायाम जस्तै गरी झमझम पानी परिरहेको छ। देशका २२५ वर्षा मापन केन्द्रमध्ये १९६ केन्द्रमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्गको बुटवल-बर्दघाट खण्ड सहित देशका कैयौं सडक अवरुद्ध छन्। वर्षाले देशैभरि काटेर सुकाएको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, ११ अक्टोबर (२५ असोज)बाटै मनसुन सकिएको हो। तर, मनसुन अवधिमा जस्तै आकाश बादलले ढाकिएको छ। विभागकी वरिष्ठ मौसमविद् डा.प्रतिभा मानन्धर अहिलेको वर्षा मनसुनी वायुका कारण नभएको बताउँछिन्। 'बङ्गालको खाडी र मध्य भारतको न्यून चापीय प्रणाली उत्तरतिर सरेको र पश्चिमी वायु पनि सक्रिय भएकाले पानी परिरहेको हो,' उनी भन्छिन्।

कात्तिक लाग्दा समेत अविरल वर्षा भइरहेकोमा जलवायुका क्षेत्रमा काम गरिरहेकै कतिपय विज्ञहरूले पनि आश्चर्य जनाइरहेका छन्। जलवायु विषयका जानकार मधुकर उपाध्याले आफ्नो ट्विटरमा लेखेका छन्, 'मनसुन पूरै बाहिरियो भन्दाभन्दै फेरि जनधनकै नोक्सान गर्ने गरी भारी वर्षा हुनु अलिक अनौठो लाग्यो।'
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!