सुनको मूल्य स्थिर, चाँदीको भाउ तोलामा १० रुपैयाँले घट्यो

File Photo
File Photo

आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ नै कायम गरेको थियो। आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-10-22 12:34:00

प्रतिकृया दिनुहोस्