
बाह्रखरी
विवेक खड्का
काटेको धान पूरै पानीमा डुबेको छ । तुलसीपुर उपमहानगरपालिका–११, मोतिपुरका किसान जागुराम चौधरी काटेर राखेको धान फर्काउँदै थिए । उम्रिसकेका बाला र कुहिएको परालले उनको अनुहार मलिन बन्यो ।
“परालसम्म पनि बचेन, धानको त आशै थिएन,” डुबानमा परेको धान देखाउँदै उनले भने । अविरल वर्षाले मोतिपुरको करिब ६० बिघामा काटेर राखेको धान क्षति भएको छ । मोतीपुर बबई नदीको तटीय क्षेत्र हो ।
मोतिपुरमा बेमौसमी वर्षाका कारण भित्र्याउने बेलाको सबै धान खेर जाने अवस्था छ । “काटेको धान मात्र होइन, नकाटेको धान पनि ठाडै बालामै टुसा पलाएको छ,” स्थानीय मोहन बस्नेतले भने, “हाइब्रिड धान पाकेको समयमा भित्र्याउन सकिएन र पानी परिरहेको हुँदा ठाडै बोटमै फेरि फल टुसाएको छ ।”
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया