हिमाल खबर
नेपालको प्राकृतिक छटा र नेपालीको अप्रतिम सिर्जनात्मक सम्भाव्यताबारे महाकवि लक्ष्मीप्रसाद देवकोटाले विश्वमा ‘सफ्ट पावर’ अर्थात् सौम्य शक्तिबारे बहस प्रारम्भ हुनुपूर्व नै मनग्गे महसूस गरिसकेका थिए। यथार्थ चाहिं, देवकोटा स्वयं नै सौम्य शक्तिका एक प्राञ्जल संवाहक थिए। अहिले जस्तो विश्वव्यापीकरण, यातायात र प्रविधिको सञ्जाल विस्तार नभइसकेको समयमा उनलाई भेट्ने विदेशी विद्वान् र उनले टेकेका विदेशी भूमि उनको अपार सिर्जनशीलतादेखि कायल हुन्थे।
ठूला र शक्तिशाली मुलुक सैन्य र आर्थिक शक्तिका मामिलामा अगाडि भए पनि भौगोलिक र सामरिक हिसाबले साना देश प्राकृतिक, सांस्कृतिक र सिर्जनशीलताका मामिलामा कदापि ‘तुच्छ’ हुँदैनन् भन्ने बोध नै उनको विचारोत्तेजक निबन्ध ‘के नेपाल सानो छ?’ को मर्म हो।
नेपालीजनको सिर्जनशीलताबारे कविले लेखेका छन्, ‘सानो, मीठो, शान्त, सुगन्धी, अनुपम-बस्! मेरा निमित्त त्यही हो नेपाल! यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया