बिहिबार, १४ अगस्ट २०२५

तलबभत्ता र सुविधामा लोभ नगर्ने यी लोकप्रिय जनप्रतिनिधि

लोकान्तर

लोकान्तर

उत्तम पोखरेल
News Image
• • •

स्थानीय तहका जनप्रतिनिधि कतै काम गरेर, कतै काम नगरेर त कतै बोलेर चर्चा आउने गर्छन्। कतिपय जनप्रतिनिधि आर्थिक अनियमिततामा पनि जोडिन्छन्।

मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको ११ नम्बर वडाका वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने भने उदाहरणीय बनेका छन्। उनको कार्यशैली र स्वभाव धेरै जनप्रतिनिधिका लागि प्रेरणाको स्रोत बनेको छ।

विक्रम संवत् २०१७ सालमा संखुवासभाको चैनपुरमा जन्मेका न्यौपाने २०३५ सालमा एसएलसी पास गरेर विराटनगरमा बसाइ सरे। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका न्यौपानेको संगत कांग्रेसका नेतासँग थियो।

‘कांग्रेसका विद्यार्थी नेताहरूसँग लामो समय संगत गरे पनि म विद्यार्थी राजनीतिमा होमिएको थिएन,’ उनी भन्छन्, ‘अखिलका विद्यार्थी नेताहरूले घरमा नै आएर हाम्रो कमिटीमा बसौ भनेर कन्भिन्स गरेपछि संगठित भएर विद्यार्थी राजनीति शुरू गरेको थिएँ।’

शनिबार, कार्तिक १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!