बिहिबार, १४ अगस्ट २०२५

अर्जेन्टिनाविरुद्ध लडेका क्याप्टेन ‘माछी काँडे’ सुब्बाको अन्तिम इच्छा

अनलाइनखबर

अनलाइनखबर

भीषण राई
News Image
• • •

धरानमा रहेको होटल पूर्वेली इनमा क्याप्टेन पूर्णप्रसाद लिम्बूको म्युजिक भिडियो प्रिमियर भइरहेको थियो। केहीबेरमै प्रोजेक्टरबाट निस्केको प्रकाशले सेतो पर्दामा उनै क्याप्टेनलाई देखाउन थाल्यो। उनले भर्खरै आफ्नै गीतमा आफ्नै जीवनको भोगाइलाई प्रस्तुति दिएका थिए। छुट्टीमा घर आएको लाहुरेको जीवन्त अभिनय गरेका थिए, उनले। अभिनय यस्तो जीवन्त थियो कि हलमा उपस्थित सबैको मन तान्यो। सबैले ताली बजाए। क्याप्टेनको खूब प्रशंसा भयो।

यो क्याप्टेन सा’पको सामान्य प्रयासले मात्र सम्भव हुने सजिलो काम थिएन। यो त उनको लामो समयको साधनाको प्रतिफल थियो। उनले उतिबेलै गीत, संगीत र अभिनयमा पाइला टेकिसकेका थिए। कुनै समय ‘माछीकाँडे सुब्बा’ भनेर गाउँलेले उनलाई चिन्थे। ‘माछी काँडैले, माया लाउँदैमा छेक्यो डाँडैले’ बोलको गीत गाउँदा गाउँदै उनले नयाँ पहिचान पाएका हुन्।

शनिबार, कार्तिक १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!