प्रदेशसभालाई सम्बोधन गरी राजीनामा घोषणा गर्ने मुख्यमन्त्रीको तयारी

तेजन खड्का

विराटनगर
File Photo
File Photo

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने वा राजीनामा गर्ने भन्ने विषयमा पार्टीका नेताहरुसँग परामर्श गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो निवासमा दलका नेताहरुसँग केहीबेर अघि परामर्श गरेका हुन्। छलफलमा प्रदेशसभा बैठक ‘फेस गर्ने’ वा राजीनामा गर्ने भन्ने विषयमा छलफल गरेको बताइएको छ।

‘जे हुन्छ सदनमै गर्छु र त्यसकै तयारी गरेको छु’ छलफलमा उनले निष्कर्ष सुनाउँदै भनेका थिए। आचार्यले सरकारको नेतृत्व लिएपछि आफूले गरेका कामको विवरण प्रदेशसभामा पेश गर्ने तयारी गरेका छन्।

'सरकारको कार्यप्रगति विवरण पेस गर्छु त्यसपछि राजीनामा घोषणा गर्नु परे त्यहीं गर्छु', आचार्यले छलफलमा भनेका छन्।

उनी भदौ १० गते शेरधन राईले राजीनामा दिएपछि पहिले संसदीय दलको नेता र त्यसपछि मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ। आज विश्वासको मत लिने कार्यसूची छ।

विपक्षी गठनबन्धनले नेकपा (एस) का नेता राजेन्द राईलाई मुख्यमन्त्रीको रुपमा पस्ताव गर्ने निर्णय गरेका छन्। विपक्षी गठबन्धनसँग ५० सांसद छन्। बहुमतको लागि ४७ जना चाहिन्छ। विभाजन पछि एमाले सांसद संख्या ४१ भएको छ।



विश्वासको मत नपाउने अवस्था आए मुख्यमन्त्री आचार्यले राजीनामा दिने 

मुख्यमन्त्री आचार्यसँग दुई विकल्प, बर्हिगमन निश्चित

सरकारले यो अवधिमा प्रदेश खेलकुद बोर्ड गठन, प्रदेश राजधानीको स्थायी राजधानीका संरचना निर्माण गर्न जग्गा खोज कार्यदल गठन, मनमोहन प्राविधिक विश्व विद्यालयले प्रदान गर्ने छात्रवृत्तिको स्रोत सुनिश्चित गर्ने काम, प्रदेश सभाको विराटनगरस्थित नयाँ सभाहल उद्घाटन, धनकुटामा एक सय शैयाको अस्पताल उद्घाटनलगायत काम गरेको छ।

प्रकाशित मिति: : 2021-11-01 12:08:00

प्रतिकृया दिनुहोस्