पेन्सन पकाएका पुलिसहरू भ्रष्टाचार आराेपबाट बच्न पार्टीकाे ओतमा

शिलापत्र

मनबहादुर बस्नेत

कात्तिक पहिलो साता पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले ढिलोचाँडो आफू दलीय राजनीतिमा प्रवेश गर्न लागेकाे घोषणा गरे । नेकपा एमालेका नेता किरण गुरुङसँग पार्टी प्रवेशबारे कुराकानी भइरहेको पनि खनालले खुलाए ।  

प्रहरी नेतृत्वबाट बाहिरिएपछि राजनीतिमा आउन चाहने खनाल न पहिलाे अधिकृत हुन्, न त अन्तिम नै हुनेछन् । प्रजातन्त्र स्थापनापछिका तीन दशकमा प्रहरीबाट अवकाशप्राप्त उच्च अधिकारीहरूको राजनीतिमा आवागमन सघन देखिन्छ ।

२०४६ को परिवर्तनपछि नेपाल प्रहरीले १५ जना संगठन प्रमुख पायो । यीमध्ये ५ जना अवकाशपछि राजनीतिक दलमा प्रवेश गरेका छन् । तीमध्ये कतिपय अवकाशलगत्तै दलीय ओतमा पुगेका हुन् ।

जस्तोः करिब ७५ हजारको फौज हाँकेर सेवानिवृत्त भएको साढे दुई महिनामै खनाल दलीय गतिविधिमा संलग्न भए । ०७६ माघमा सेवानिवृत्त भएका खनाल ०७७ वैशाखमा एउटा विवादास्पद काण्डको मुख्य पात्र बन्न पुगे, जुन प्रकरण खनाल एमाले प्रवेश गर्ने अहिलेको तम्तयारीको प्रस्थानबिन्दु थियो ।

प्रकाशित मिति: : 2021-11-03 12:46:00

प्रतिकृया दिनुहोस्