कमल विक
काठमाडौँमा भएका कुनै एक्जिवेशनमा यदि तपाईंले ढुङ्गा मार्फत् कथा बोलिरहेको आर्ट कतै देखभएको छ भने त्यो आर्ट कलाकार इशान परियारको हुने सम्भावना अधिक हुन्छ।
पोखरामा जन्मिएका कलाकार इशानले सानै उमेरमा फेवातल र ढुङ्गा देखेका थिए। विशाल पानीको बीचमा ढुङ्गाहरु देख्दा उनलाई अचम्म लाग्यो। नयाँ दुनियाँमा पुगेको अभास भयो। जुन उनको मन, मस्तिष्कमा छाप बनेर बस्यो। बाल्यकालको त्यो छाप अहिले उनको चित्रको मेटाफोर बनेको छ उनले तिनै ढुङ्गा मार्फत अनेको कथा बोलिरहेका छन्।
आर्ट पढ़ने हुटहुटीले पाखराबाट आएर काठमाडौँको ललितकला क्याम्पस भर्ना भएका इशानले मन मिल्ने साथीका रुपमा काठमाडौँ टेकुकी सविता डंगोललाई पाए। एउटै कक्षामा एक विषय पढ्ने, एकै लक्ष्य राखेर हिँडेका उनीहरुले एक अर्काका विचार पछ्याउन थाले।
कक्षामा मिल्ने साथीका रुपमा अगाडि बढेको उनीहरुको सम्बन्ध प्रेम बदलियो। उनीहरुको प्रेम पारिवारीक सल्लाहमा अनुसार वि.स.२०७२ माघमा अन्तरजातीय विवाहमा परिणत भयाे।
एउटै सपनाको बाटो पछ्याइरहेका उनीहरु एकअर्काको जीवनमा नयाँ हिस्सा बने। उनीहरुबीच सोच, भावना, विचारको मेलमिलाप त थियो नै, जीवनको अन्तिम गन्तव्यसम्म सँगै यात्रा गर्ने निर्णय गरे।
अहिले उनीहरुलाई धेरै जसोले कपल (जाेडी) आर्टिसका रूपमा चिन्ने गर्छन्। यिनै कपल आर्टिसले बिएल नेपाली सेवासँग आफ्ना सुन्दर अनुभवहरु यसरी साटेका छन।
पूरा अंशकाे लागि तलकाे क्लिक गर्नुहाेस्ः
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया