हिमाल खबर
मे मध्यतिर अर्थात वैशाखमा बर्माको मण्डु जिल्लास्थित मण्डुगाउँमा एकाएक आगलागी भयो। २९ वर्षीय आगुल ओस्मान पनि बाहिर निस्किए। पूरै गाउँभरि आगोको मुस्लो निस्किरहेको थियो। “बर्माको सेनाले गोलाबारी गरी हाम्रा घर जलाउँदै थियो,” ओस्मान भन्छन्।
त्यसपछि उनी आठ जनाको परिवारसँगै गाउँबाट भागे। त्यस रात उनको परिवारसँगै कयौं रोहिङ्ग्या परिवारले गाउँ छाडे। “कोही खेतबारीबाटै, कोही घरबाटै, कोही काम गर्ने ठाउँबाटै भाग्यौं,” उनी सम्झिन्छन्।
गाउँघर छाडेपछि परिवारका सदस्य को कहाँ पुगे, कसैको अत्तोपत्तो भएन। “बाङ्लादेशको सीमानामा पुगेपछि सबै परिवारको भेट भयो,” ओस्मान भन्छन्।
बाङ्लादेशमा पनि दैनिकी चलाउन सहज भएन। त्यसपछि उनीहरू बाङ्लादेश छाडेर नेपालतिर लागे। अहिले काठमाडौंको कपनस्थित लसुनेटारमा बस्दै आएका ओस्मान भन्छन्, “आमाबुवा र दुई भाइ बाङ्लादेशमै छुटे।” श्रीमती र छोरीसहित लसुनेटारमा सानीआमाको परिवारसँगै बसिरहेका उनी मजदुरी गरेर दैनिकी चलाइरहेका छन्।
बर्मामा छँदा भने ओस्मानले अरुलाई रोजगारी दिन्थे। उनको घरमा सात जना कामदार थिए। २० विघामा माछापालन व्यवसाय र १० विघामा खेती गर्थे। त्यसमा २१ जना मजदुरले काम गर्थे। “सबै सुविधा थियो। गाउँमा सबैले सम्मान गर्थे, सबैले मान्थे,” उनी १० वर्षअघिको बर्मेली जीवन सम्झिन्छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया