
हिमाल खबर
संयुक्त राष्ट्रसंघको २६औं जलवायु सम्मेलन (कोप-२६) जलवायु परिवर्तनसँग जुध्न साझा धारणा र आगामी दिनका लागि मार्गप्रशस्त गर्नुभन्दा पनि चीन र अमेरिकाको वाक्युद्ध वरिपरि नै केन्द्रित रह्यो।
यो सम्मेलनलाई पेरिस सम्झौतापछिको सबैभन्दा महत्त्वपूर्ण रुपमा हेरिएको थियो। सम्मेलनमा केही विकसित देशले विभिन्न कोषमा सहयोग रकम घोषणा गर्नेबाहेक ठोस उपलव्धि हुन सकेन। क्लाइमेट एक्सन साउथ एसियाका बरिष्ठ सल्लाहकार हरजित सिंह भन्छन् 'सम्मेलनका हरेक जसो बैठकमा चीन भर्सेस अमेरिका देखियो।'
१७ कात्तिकमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सम्मेलनमा उपस्थित नभएको भन्दै आलोचना गरेका थिए। जलवायु मुद्दाबाट चीन र रुस भाग्न खोजेको बाइडेनको आरोप थियो।
राष्ट्रपति बाइडेनले मात्र होइन, सम्मेलनमा सहभागि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पनि चीन र रुसको आलोचना गरे। २३ कात्तिकको सम्बोधनका क्रममा उनले सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने चीन जलवायु मुद्दाबाट भाग्न नहुने बताए।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया