मङ्गलबार, ०५ अगस्ट २०२५

रहेनन् बास्केटबल संघका पूर्व अध्यक्ष टेण्डी शेर्पा

File Photo
• • •

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।

नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए। उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए।

अमृत साइन्स क्याम्पसका पूर्वस्ववियु सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन्।  

बुधबार, मंसिर ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)