ओलीलाई ‘बा’ भन्ने कम्बोडियाली नेतासँग हवाई–गफगाफ

शिलापत्र

बसन्त बस्नेत

एकै छिनलाई त हो, सकारात्मक सोचौँ । 'बा' भन्नुमा उत्रो खराबी छैन। जस्तो कि भियतनामीहरू हो ची मिन्हलाई अंकल हो अर्थात् 'काका' भन्छन्। कमरेडलाई काका भन्दिए के भो त ! 

हाम्रोमा खड्गप्रसाद शर्मा ओली अर्थात् ‘केपी कमरेड’ केही वर्षयता ‘केपी बा’ भएका छन्। युवा संघमा महेश बस्नेतको बोलवाला बढेसँगै ओलीलाई ‘बा’ मान्ने जमात बढेको हो। अचेल त सडकमै ‘केपी बा आई लभ यु’ चल्छ। हिजो आइतबार राति सौराहा बन्दसत्र हलबाहिर माउन्टेन टीभीको एक प्रश्नमा युवा संघ कार्यकर्ता चिच्याउँदै अन्तर्वार्ता दिँदै थिए। टीभीको प्रश्न थियो, ‘तपाईंहरूले नारामा भनेजस्तै अब १० वर्ष ओलीलाई नै हो त ?’

प्रकाशित मिति: : 2021-11-30 07:52:00

प्रतिकृया दिनुहोस्