
बिएल संवाददाता
दाङमा एघार महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएका छन्। माघ ३० गते देखी दाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो।
आम नागरिकहरूले सूचना नपाउँदा र कोरोना महामारीका कारण पनि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वास्थ्य बिमा कार्यक्रम दाङले जनाएको छ। अगामी असार सम्म जिल्लाका साढे २ लाख नागरिकलाई बिमामा आबद्ध गराउने लक्ष्य लिएको बताइएको छ।
सरकारले बिमा कार्यक्रम मार्फत नागरिकको स्वास्थ्य उपचारलाई राज्यले सुनिश्चित गर्ने उद्देश्य लिएको छ। गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने उल्लेख छ।
कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सुरेन्द्रराज उप्रेतीले स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै पैसाको अभावमा रोगी भएर बस्नु नपर्ने भन्दै यो कार्यक्रम ल्याएको जानकारी दिए। स्वास्थ्य बिमाका लागि ५ जनाको परिवार सम्म ३५ सय रुपैयाँ जम्मा गर्ने र सरकारले एक लाख रुपैयाँको बिमा गरिदिने छ।
६ जनादेखि माथिको परिवार सदस्य भए प्रति सदस्य ७ सय रुपैयाँ जम्मा गर्दै जाने र २ लाख रुपैयाँको बिमा सरकारले गर्ने छ।
सरकारले अति गरिब, पूर्ण अपांगता, क्षय तथा कुष्ठ र एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँ सम्मको निःशुल्क बिमा गर्ने छ। त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया