अनलाइनखबर
नेपालमा प्रजातान्त्रिक विचारधारा र आन्दोलनको शुरुआत राणा शासनकालमा नै भएको हो । यसको विजारोपण १९९२ सालमा नेपाल प्रजा परिषद्को स्थापनासँगै भयो । स्थापनालगत्तै परिषद्का सदस्यहरूले सञ्चालन गरेको गोप्य अभियानले नेपाली समाजमा तरंग ल्यायो । टंकप्रसाद आचार्य, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री लगायत १९–२० जनाले राणाकालीन काठमाडौं जस्तो ठाउँमा पर्चा छरेर जनतालाई सजग बनाए । त्यो विचारधारा विकासकै क्रममा १९९७ सालमा श्रेष्ठ, माथेमा, चन्दशास्त्रीले शहादत प्राप्त गरे ।
त्यसरी शुरु भएको प्रजातान्त्रिक विचारधारा ‘क्रू’ दमनका कारण सशक्त रूपमा अघि बढ्न भने सकेन । प्रजातान्त्रिक आन्दोलनका चार योद्धालाई मृत्युदण्ड दिएको घटनाले विदेशमा रहेका बीपी कोइराला लगायत केही नेपालीलाई निकै प्रभाव पार्यो । कोइरालाले हामी नेपालबाहिर रहेका नेपालीहरूले पनि अब संगठन खडा गरेर विदेशी शक्तिको पनि सहयोग लिँदै राणाविरुद्ध आन्दोलन गर्नुपर्छ भनेर एउटा आह्वान गरे । त्यसैको आधारमा भारतस्थित थुप्रै नेपाली बनारसमा जम्मा भएर २००३ कात्तिकमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे । त्यसकै नेतृत्वमा बिस्तारै नेपालमा गोप्य राजनीतिक गतिविधिहरू हुन थाले ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया