पाटा नेपाल च्याप्टरद्वारा ‘पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता’ को आयोजना  

प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा), नेपाल च्याप्टरले ग्लोबल कलेज इन्टरनेशनलसँगको सहकार्यमा यही १८ डिसेम्बर २०२१  का दिन काठमाडौंको मध्य–बानेश्वरस्थित ग्लोबल कलेज इन्टरनेशनलमा ‘एक्सप्लोरिङ द अथेन्टिक डेलिकेसिज अफ नेपाल’ शीर्षक अन्तर्गत ‘पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता’ सम्पन्न  गरेको छ।

पाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिता ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को चौथो संस्करण अन्तर्गत आयोजित एक कार्यक्रम हो।

वार्षिक रुपमाआयोजना गरिने युथ ट्यालेन्ट क्वेस्ट पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरु तथा पाटा नेपाल च्याप्टरमा आवद्ध सदस्य शैक्षिक संस्थाहरुमा हस्पिट्यालिटी तथा पर्यटन विषयमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमूलक अभियानको रुपमा अगाडि बढेको छ।

सो कार्यक्रमप्रति भावान युवा पर्यटन विद्यार्थीहरुको पहिचान गर्ने र आवश्यक तालिम, सल्लाह–सुझाव र अवसरहरु प्रदान गरी उनीहरुको ज्ञान शीप र क्षमताअभिवृद्धि एवम सशक्तिकरण गर्नुका साथै पर्यटन क्षेत्रमा सफल भविष्य निर्माणका लागि अभिप्रेरित गर्ने एक प्रेरणादायक मञ्च बनेको छ।

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु–  सिल्भर माउन्टेन, गेट, जीसीआई, आईएसटी र नाथम को प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली शेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए।

उनीहरुले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम् मौलिक नेपाली व्यञ्जनहरूलाई प्रोफेशनल पाक कला र नयाँ रचनात्मक शैलीका साथ प्रस्तुतीकरण गरे।

प्रतियोगितामा शेफ गोविन्द नरसिंह केसी, शेफ जीतेन प्रधान, शेफ सुनसरी नेपाली र शेफ विक्रमगिरी लगायत विशिष्ट व्यक्तित्वहरुको निर्णायक मण्डललेसहभागीविद्यार्थीहरुकापाककला र दक्षताको मूल्यांकन गरेका थिए।

निर्णायकहरूले  युवा विद्यार्थीहरूले प्रदर्शन गरेको जोश, तयारी, रचनात्मक शैली र नवीन विचारहरूबाट  प्रभावित भएको बताए।

ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत रुबी पुडासैनी र सुन्दर शेर्पाले विजेताको रुपमापाटा युवा पर्यटन प्रोफेशनल शेफ प्रतियोगिताको उपाधि हात पारे।

त्यसै गरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथम प्रतिनिधित्व गर्दै पासाङ्ग ल्हामु शेर्पा र सोना श्रेष्ठ प्रथम उपविजेता र सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट प्रतिनिधित्व गर्दै सन्देश कँडेल र पेमा तामाङको द्वितीय उपविजेता घोषित भए।

दुई विजेताविद्यार्थीहरूलाई पाटा नेपाल च्याप्टरबाट शेफ सन्तोष शाहसँगको विशेष मेन्टरशिपकार्यक्रम र अन्यआकर्षक पुरस्कारहरू प्रदान गरिनेछ।

प्रकाशित मिति: : 2021-12-19 14:39:00

प्रतिकृया दिनुहोस्