बिहिबार, १४ अगस्ट २०२५

नेपालका बैंकलाई ह्याकरको धम्की, ‘हाइअलर्ट’मा रहन राष्ट्र बैंकको निर्देशन

News Image
• • •

ह्याकरले बैंकलाई इमेल गर्दै सिस्टम नै ह्याक गर्ने धम्की दिएका छन्।

कुमारी बैंकलाई ह्याकरले इमेल गर्दै ह्याक गर्ने चेतावनी दिएका हुन्।

साउदी ग्रुप अफ कम्पनीको नामबाट इमेल पठाइएको थियो। इमेल आएपछि राष्ट्र बैंकले सबै बैंकलाई ‘हाइअलर्ट’मा रहन आग्रह गरेको छ।

इमेलमार्फत बैंकलाई धम्की दिएको पहिलो घटना भने होइन। यसअघि साउन महिनामा पनि ह्याकरले यसरी ह्याक गरेर पैसा झिक्ने धम्की दिएका थिए।

बैंकको एटिएम ह्याक गरेर चोरी गरेका घटना भने धेरै छन्। केही घटनामा विदेशी नागरिक समेत समातिएका छन्।

बिहिबार, पौष १५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)